पाराओलम्पिक स्वर्ण पदक विजेता खेलाडीको २८ वर्षकै उमेरमा निधन

डिसी नेपाल
२ मंसिर २०८२ १०:४१
32
Shares

काठमाडौं । अष्ट्रेलियाली पाराओलम्पिक स्वर्ण पदक विजेता पेज ग्रीकोको २८ वर्षको उमेरमा निधन भएको छ।

अष्ट्रेलियाको राष्ट्रिय साइक्लिङ निकाय (अससाइक्लिङ) ले पारा-साइक्लिङ खेलाडी ग्रेकोको एडिलेडस्थित आफ्नै घरमा निधन भएको जनाएको छ।

टोकियो २०२० पाराओलम्पिक खेलकुदमा ग्रीकोले आफ्नो देशको लागि पहिलो स्वर्ण पदक जितेकी थिइन् ।

अस्साइक्लिङका अनुसार ग्रिकोकी आमा नतालीले उनको निधनबाट परिवार गहिरो दुःखी भएको बताइन्, तर ग्रिकोले अष्ट्रेलियाको प्रतिनिधित्व गर्ने तरिकामा गर्व गरेको समेत बताइन्।

ग्रिकोलाई सेरेब्रल पाल्सीको समस्या । उनले आफ्नो करियर ट्र्याक एण्ड फिल्ड एथलीटको रूपमा सुरु गरिन् र २०१८ मा साइकल चलाउन थालिन्।

आफ्नो करियरको क्रममा उनले धेरै विश्व च्याम्पियनशिप उपाधि र विश्वकप पदक जितिन्।

टोकियो २०२० पारालम्पिक खेलकुदमा, उनले महिला सी १–३ ३,००० मिटर दौडमा कीर्तिमान तोडिन्। यो एउटा ट्र्याक कार्यक्रम हो जसमा दुई साइकल चालकहरू ट्र्याकको विपरीत छेउबाट सुरु भएर हेड-टू-हेड दौड गर्छन्।

उनले महिला सी १–३ रोड रेस र टाइम ट्रायलमा पनि कांस्य पदक जितिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *