डोनाल्ड ट्रम्पले जोहरान ममदानीसँग शुक्रबाट भेटघाट गर्ने

डिसी नेपाल
४ मंसिर २०८२ १३:३२
36
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरेका छन् – न्यूयोर्कका मेयर जोहरान ममदानीले उनीसँग भेटघाटको समय मागेका छन्।

ट्रम्पले लेखे , “न्यूयोर्कका कम्युनिष्ट मेयर जोहरान ममदानीले भेट्न आग्रह गर्नुभएको छ। हामी सहमत भएका छौं कि यो बैठक शुक्रबार, नोभेम्बर २१ मा ओभल अफिसमा हुनेछ। थप विवरण पछि प्रदान गरिनेछ!”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेयर चुनाव अघि मतदाताहरूलाई जोहरान ममदानीलाई मतदान नगर्न आग्रह गर्दै यदि न्यूयोर्कले ममदानीलाई निर्वाचित गरेमा शहरको कोष कटौती गर्ने धम्की दिएका थिए ।

मेयरको चुनाव जितेपछि ममदानीले आफ्नो भाषणमा क्यामेरातिर हेरेर राष्ट्रपति ट्रम्पलाई चुनौती दिएका थिए।

उनले भने , “डोनाल्ड ट्रम्प, मलाई थाहा छ तपाईं हेरिरहनुभएको छ, मसँग तपाईंको लागि चार शब्दहरू छन् – टर्न द भोल्युम अप ।” ममदानीको विजयको भोलिपल्ट, ट्रम्पले भने – मानिसहरू “न्यूयोर्कबाट भाग्नेछन्”।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.