कविता : प्रेम पनि लडाइँ जस्तै हो

राकेश कार्की
६ मंसिर २०८२ ७:४२
20
Shares

प्रेम पनि लडाइँ जस्तै हो
घाइते भएपछि चोट लागिरहने
रगत बगे बरू सबैले देख्थे
छिनमै सुकिजाने आँसु बगिरहने

लडाइँमा बिरोधीसँग लडनुपर्ने
केही परे आफ्नाले सहयोग गर्ने
तर प्रेममा त आफैसँग लडनुपर्ने
लडेपछि आफ्नै मुटु चिरा पर्ने

लडाइमा बिरोधीको झगडामा
पडकिरहने तोप र गोली
प्रेमको रिसको झगडामा
ठूल्ठूलो स्वर कर्कश: बोली

लडाइँमा जीत र हार हुन्छ
एउटाले जीत्छ अर्कोले हार्छ
प्रेममा मिलुन्जेल दुबैको जीत हुन्छ
बिछोडिएमा दुबैको हार हुन्छ

लडाइँ होस् कि प्रेम होस् दुबैमा
क्रोध बिसाइ मिलेकै राम्रो
छोडेर सधैँलाई तँ तँ र मँ मँ
ओठमा मुस्कान खुलेकै राम्रो

लस एन्जेलस

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.