एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिनको पहिलो खेल कर्णाली याक्सले ९ विकेटले जितेको छ।
शनिबार भएको पहिलो खेलमा कर्णाली याक्सले १२. २ ओभरको समाप्तीमा १ विकेट गुमाउदै १६१ रन बनाएको हो। यसअघि ब्याटिङमा उत्रेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको थियो।
जारी एनपीइलमा कर्णालीले पहिलो जित निकालेको छ भने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा मार्क वाटले पहिलो सेन्चुरि बनाएका छन्। उनले ६ चौका र १२ छक्काको मद्दतमा नटआउट रहदैँ ११४ रन बनाएको हो।
टस जितेर कर्णालीले पहिले बलिङ गर्ने निर्णय गरेपछि लुम्बिनी लायन्सले ब्याटिङ्को निम्तो पाएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment