करेन्ट लागेर गौरमा एक बालकको मृत्यु
रौतहट। रौतहटको गौरमा विधुतीय करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।
गौर नगरपालिका-८ स्थित वीरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकको करेन्ट लागेर शनिवार साँझ मृत्यु भएको हो।
रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो।
मौलापुर नगरपालिका-४ पतौरा घर भएर गौर नपा ५ स्थित वीरबहादुरको घरमा डेरा गरी बसिरहेपनि उनकै वडा नम्वर ८ मा निर्माण भईसकेका चार तल्ले घरको कौशीमा खलिरहेको अवस्थामा करेन्ट लागेको उनले जानकारी दिए। यस घटना सम्बन्धमा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment