धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

डिसी नेपाल
७ मंसिर २०८२ ११:२०
300
Shares

सर्लाही। धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन्।

प्रहरीका अनुसार आइतबार बिहान मिथिला नगरपालिका-२ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो।

कारको ठक्करबाट साईकलमा सवार जिल्लाकै मिथिला नगरपालिका-१ कि ५५ वर्षीया सुमित्रा देवी महतोको मृत्यु भएको छ। कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा उनका श्रीमान ६० वर्षीय राज कुमार महतो गम्भीर घाइते भएका छन्।

अहिले राज कुमारको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ। ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.