शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द
काठमाडौं । कम्पनी रजिस्ट्रार कार्यालयको सूचना प्रविधि प्रणालीको सर्भर डाउन हुँदा गत शुक्रबारदेखि कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा बन्द भएका छन्।
कार्यालयको सूचना प्रविधि प्रणाली (क्यामिस) को सर्भरमा एक्कासी प्राविधिक समस्या आएको भन्दै कार्यालयले अनलाइनमार्फत हुँदै आएको सेवा प्रवाह कम्पनी दर्ता, अद्यावधिक गर्नेदेखि कम्पनी खारेजीसम्मका सबै काम अवरुद्ध भएको जानकारी दिएको छ।
कार्यालयले चालू आर्थिक वर्षदेखि कम्पनीसम्बन्धि सबै काम भौतिक उपस्थितविना नै क्यामिस प्रणालीबाट गर्दै आएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment