सुपर ओभरमा बंगलादेश ए लाई हराउँदै पाकिस्तान ए ले जित्यो एसिया कप राइजिङ स्टार्सको उपाधि
काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२५ को फाइनल खेल धेरै रोमाञ्चक भयो ।
कतारको राजधानी दोहामा आइतबार भएको यस खेलमा पाकिस्तान ए ले बंगलादेश ए लाई सुपर ओभरमा हराउँदै उपाधि जितेको हो।
टस जितेपछि बंगलादेश ए ले पहिले बलिङ गर्ने निर्णय गर्यो र पाकिस्तान ए लाई २० ओभरमा १२५ रनमा अलआउट गर्यो।
पाकिस्तान ए का लागि साद मसूदले सर्वाधिक ३८ रन बनाए भने बंगलादेश ए का लागि रिप्पन मन्डलले २५ रन दिएर ३ विकेट लिए।
ब्याटिङ गर्न आएको बंगलादेश ए ले लक्ष्य पछ्याउँदा २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रन नै बनाउन सक्यो, जसका कारण खेल बराबरीमा सकियो।
सुपर ओभरमा बंगलादेश ए ले केवल ६ रन मात्र बनाउन सक्यो। त्यसपछि, पाकिस्तान ए का ब्याट्सम्यानहरूले केवल ४ बलमा ७ रनको लक्ष्य हासिल गरे।
यसअघि, बंगलादेश ए सेमिफाइनलमा भारतलाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो, जुन खेल पनि सुपर ओभरमा गएको थियो।







डिसी नेपाल







Facebook Comment