सुदूरपश्चिमले दियो कर्णाली याक्सलाई १४० रनको लक्ष्य
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १४० रनको लक्ष्य दिएको छ।
सोमबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १४० रनको लक्ष्य दिएको हो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा एक चौका र २ छक्कासहित ३९ रन जोडे। यस्तै आरिफ शेखले २७ रन बनाउँदा हरमित सिंहले १९ रन जोडे। कर्णालीका कप्तान सोमपाल कामीले तीन तथा नन्दन यादले २ विकेट लिए।
दुई खेल खेलेका सुदूरपश्चिम चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ। कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेर तेस्रो स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment