तस्करलाई नियन्त्रणमा लिन गोली फायर

डिसी नेपाल
९ मंसिर २०८२ ७:३०
184
Shares

रौतहट। बारा प्रहरीले तस्करलाई नियन्त्रणमा लिन ७ राउण्ड गोली फायर गरेको छ।

भारतको हनुमाननगर तर्फबाट मोटरसाइकल चलाएर आएको र नम्बर नखुलेको ट्रयाक्टरमा तस्करीको समान लोड गरी आउँदै गरेको अन्दाजी २५ जना तस्करको टोलीलाई नियन्त्रणमा लिन प्रहरीले गोली फायर गरेको हो।

पचरौता नगरपालिका वडा नं ६ चिकनी टोल स्थित खटिएको प्रहरीको टोलीले ७ राउण्ड र तस्कर समूहले २ राउण्ड गोली प्रहार भएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

उनका अनुसार तस्करहरुले कटुवा पेस्तोलबाट २ राउण्ड गोली फायर गरेको थियो।प्रहरीको जवाफी फायरिङ पछि तस्कर समुह फरार भएको थिए। प्रहरीले घटनास्थलबाट भने बिआर ०५ बिएल ४१५४ , बिआर ०५ बि ६८६४ , बिआर ०५ बिडी ९८२१ र बिआर ०५ ऐडब्लु ०५०१ नम्बरको गरी ४ वटा भारतीय मोटरसाइकल बरामद गरेको छ।

भारतीय नागरिक रंजित कुमारको नाममा रहेको सवारी चालक अनुमतिपत्र (लाईसेन्स) र भारतिय तथा नेपाली सिम फेला परेको छ।यस विषयमा थप अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.