पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

डिसी नेपाल
१२ मंसिर २०८२ ७:४०
24
Shares

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो। गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो।

गत आवको उक्त अवधिमा दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो। यो चालु आवमा ८३ करोड १७ लाख ६२ हजारले कम हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *