ह्वाइट हाउस नजिकै गोलीबारी हुँदा गोली लागेकी सैनिकको मृत्यु

डिसी नेपाल
१२ मंसिर २०८२ ११:४४
40
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टन डीसीमा भएको गोलीकाण्डमा घाइते भएका दुई नेशनल गार्ड सदस्यमध्ये एकको मृत्यु भएको बताएका छन्।

राष्ट्रपति ट्रम्पले बिहीबार साँझ २० वर्षीया सारा बेकस्ट्रोमको मृत्यु भएको घोषणा गरे।

उनका अनुसार आक्रमणमा घाइते भएका अर्का नेशनल गार्ड सिपाही, २४ वर्षीय एन्ड्रयू वुल्फ ‘आफ्नो जीवनको लागि लडिरहेका छन्’।

बुधबार, ह्वाइट हाउसबाट केही सय मिटर टाढा तैनाथ दुवै राष्ट्रिय गार्डहरूमाथि एम्बुस आक्रमण गरिएको थियो।

यस घटनामा प्रहरीले अफगानिस्तानका बासिन्दा २९ वर्षीय रहमानुल्लाह लकनवाललाई पक्राउ गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.