लघुकथा :पर्यटन
साइनबोर्डमा लेखिएको नाम-‘मुस्कान खाजा घर।’
नाम तल सानो अक्षरमा लेखियो-‘हजुरहरूकै खातिर।’
अझ तल झन् सानो अक्षरमा लेखियो-‘एकपटक सेवा गर्ने मौका दिनुहोला।’
भित्र बायाँतर्फ टाँसियो-‘हजुरहरूको सन्तुष्टि नै हाम्रो लक्ष्य’ लेखेको कागज।
र, दायाँतर्फ चाहिँ ‘सेवा प्रार्थनीय छ।’
हिजो राति अल्लारे केटाहरूले साइनबोर्डको ‘मुस्कान’ शब्द नै ढाकिने गरी ‘बिलौना’ लेखिएको फोटोकपी पेपर टाँसिदिएछन्।
सखारै चिया खान आएका केही ग्राहकहरू ‘बिलौना खाजा घर’ पढेर हाँस्दै भित्र पसे र भित्रको फोहर र अस्तव्यस्त स्थिति देखेर तुरून्तै बाहिर निस्किए।
कसैले सोध्यो- “सेवाको गुणस्तर बढाउनभन्दा लेखेरै ग्राहकलाई आकर्षित गर्ने यति ‘काइदाको आइडिया’ कहाँ सिक्नु भो?”
पसलेले जवाफ दियो- “नेपाल पर्यटन बोर्डको जागिर छुटेपछि यो सुरु गरेको हो।”
No ads found for this position


Facebook Comment