काठमाडौंका मेयर बालेनलाई पितृशोक
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुवा रामनारायण शाहको निधन भएको छ।
अस्वस्थ भएसँगै आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भइ भेन्टिलेटरमा उपचाररत शाहको सोमबार मध्यान्ह निधन भएको हो।
पिसाबमा संक्रमण भएर शरीरमा फैलिएसँगै उनी अस्पताल भर्ना भएका थिए। शाहलाई भेट्न आज बिहान मात्रै प्रधानमन्त्री सुशीला कार्की सिभिल पुगेकी थिइन्।
(असावधानीवस यसअघि समाचारमा फरक फोटो पर्न गएकाले क्षमाप्रार्थी छौं। – सम्पादक ।)
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment