जिल्ला प्रशासन हेटौंडाको चेतावनी- सडक विस्तारमा अवरोध पुर्याए कडा कारबाही गर्छौं
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारमा बाधा पुर्याए कारबाही गर्ने चेतावनी दिएको छ।
बुधबार एक सूचना जारी गर्दै प्रशासनले हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पुर्याउने र व्यवसायीलाई धम्की दिने समूहलाई कारबाही गर्ने चेतावनी दिएको हो।
सडक डिभिजन कार्यालयको अभियानमा बाधा नपुर्याउनसमेत प्रशासनको आग्रह छ। सडक डिभिजन कार्यालय मकवानपुरले गत मङ्सिर ५ गते नै सूचना जारी गर्दै सडक विस्तारका लागि तयारी पूरा भएको जनाएको छ।
‘सडक विस्तार कार्यमा अवरोध खडा गर्ने उद्धेश्ले प्रेरित कुनैपनि गतिविधि गर्ने व्यक्तिहरू प्रति पूर्ण सचेत रहेको छ । सडक डिभिजन कार्यालयको यस अभियानमा कानुन विपरीत कार्य नगर्न-नगराउन पुनः अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘यदि कसैले कानुन बर्खिलाप गरी सडक विस्तारमा अवरोध सिर्जना गरेमा त्यस्ता व्यक्ति वा समूहलाई कडा कानुनी कारबाही गरिने छ।’

No ads found for this position


डिसी नेपाल
Facebook Comment