जिल्ला प्रशासन हेटौंडाको चेतावनी- सडक विस्तारमा अवरोध पुर्‍याए कडा कारबाही गर्छौं

डिसी नेपाल
१७ मंसिर २०८२ १२:३६
96
Shares

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारमा बाधा पुर्‍याए कारबाही गर्ने चेतावनी दिएको छ।

बुधबार एक सूचना जारी गर्दै प्रशासनले हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पुर्‍याउने र व्यवसायीलाई धम्की दिने समूहलाई कारबाही गर्ने चेतावनी दिएको हो।

सडक डिभिजन कार्यालयको अभियानमा बाधा नपुर्‍याउनसमेत प्रशासनको आग्रह छ। सडक डिभिजन कार्यालय मकवानपुरले गत मङ्सिर ५ गते नै सूचना जारी गर्दै सडक विस्तारका लागि तयारी पूरा भएको जनाएको छ।

‘सडक विस्तार कार्यमा अवरोध खडा गर्ने उद्धेश्ले प्रेरित कुनैपनि गतिविधि गर्ने व्यक्तिहरू प्रति पूर्ण सचेत रहेको छ । सडक डिभिजन कार्यालयको यस अभियानमा कानुन विपरीत कार्य नगर्न-नगराउन पुनः अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘यदि कसैले कानुन बर्खिलाप गरी सडक विस्तारमा अवरोध सिर्जना गरेमा त्यस्ता व्यक्ति वा समूहलाई कडा कानुनी कारबाही गरिने छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.