लोकदोहोरी गीत ‘गुलाबको फूल’ : यस्तो देखियो केकी र गम्भीरको केमेष्ट्रि

डिसी नेपाल
२८ भदौ २०७६ २२:२१

काठमाडौं। विष्णु माझी र बिनोद बिसीको आवाजमा रहेको ‘गुलाबको फूल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

अभिनेत्री केकी अधिकारी, कोरियोग्राफर गम्भीर विष्ट र सुरज श्रेष्ठ फिचर्ड भिडियो फरक शैलीमा निर्माण गरिएको छ।

भिडियोमा केकी र गम्भीरको केमेष्ट्रि गज्जब देखिएको छ। ‘गुलाबको फूल’ गीतमा यूनिक भोजराज वि.क.को शब्द/संगीत छ भने कृष्ण वि.क. (भान्जा)को संगीत संयोजन रहेको छ।

निश्चल केसीले निर्देशन तथा गम्भीर विष्टले कोरियोग्राफीमा भिडियो निर्माण गरिएको हो।

ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन रहेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन्।

जिवन लुइँटेल क्रियशनको अफिसियल युट्युब च्यानलमा भिडियो सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *