हारियो भने माधव नेपाल र भीम रावलको जस्तो एमाले त्याग्दैनौं : ईश्वर पोखरेल

डिसी नेपाल
२४ मंसिर २०८२ १६:४८
104
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले महाधिवेशनमा पराजित भए पनि आफू र आफ्नो टोली एमालेमै रहने स्पष्ट गरेका छन्।

‘हामी जित्छौं भन्ने विश्वास छ। तर, हारियो भने पनि माधव नेपाल वा भीम रावलजीको जस्तो छुट्टै पार्टी खोल्ने दृष्टान्त हाम्रोमा लागू हुँदैन। हामी सधैँ नेकपा एमालेकै पक्षमा रहिरहन्छौं। प्रतिस्पर्धामा गरिन्छ भने त्यसको परिणामलाई स्वीकारिन्छ। जित्दा मात्रै खुसी होइन, जित्न नसक्दा पनि त्यसलाई स्वीकार सक्नुपर्छ।,’ उनले भने।

उनले महाधिवेशनका लागि आफ्नो प्यानल तयार भइरहेको जानकारी समेत दिएका छन्।

उनले वाम एकताको पक्षमा आफूहरू रहेको बताएका छन्। पोखरेलले आफ्नो असन्तुष्टि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वभन्दा पनि कार्यशैलीसँग सम्बन्धित रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *