जापानमा मन्त्री बर्षमान पुन र कुलमान घिसिङसँग बृहत्त अन्तरक्रिया कार्यक्रम हुने

डिसी नेपाल
२९ भदौ २०७६ १२:०५

टोकियो । जापानको राजधानी टोकियोमा मन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग बृहत् अन्तरक्रिया हुने भएको छ। नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयमा बृहत् अन्तरक्रिया हुने भएको हो ।

मन्त्री पुन र उज्यालो नेपाल अभियानका अभियान्ता तथा प्राधिकरणका निर्देशक घिसिङसंग जापानबासी नेपालीहरूबीच भेटघाट तथा अन्तक्रिया कार्यक्रम यहि आउँदो सेप्टेम्वर २४ तारिख मंगलवार साँझ ६ बजे नेरिमा कल्चर सेन्टरको सभा हलमा हुने जनाएको छ।

जाईकाको औपचारिक कार्यक्रममा जापान आउन लाग्नु भएका मन्त्री पुन र निर्देशक घिसिङ सेप्टेम्वर २४ को १२ वजे ओसाका विमानस्थल हुँदै ५ जनाको टोली टोकियो आउने कार्यक्रम रहेको कार्यदल सदस्य बावुराम पौडेलले जानकारी दिए ।

सम्बोधन, प्रत्यक्ष अन्तर्क्रिया र मोटिभेसन कार्यक्रममा उपस्थित भै नयाँ नेपालको निति तथा योजना सम्बन्धी जानकारी लिन सम्पूर्ण जापानबासी नेपाली समुदायमा कार्यदल सदस्य बावुराम भण्डारीले अनुरोध गरेका छन्। उक्त अन्तरक्रिया कार्यक्रम प्रवासी नेपाली एकता मञ्चले नि शुल्क प्रवेश हुने गरि ब्यवस्था गरेको कार्यक्रम संयोजक मोहन पौडेल बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *