रामकुमारी झाँक्रीले भनिन्- एक पटक ओलीलाई नै विश्वास गरौं
काठमाडौं। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले एमालेको ११ औं महाधिवेशनलाई पार्टी मात्र नभई नेपालको लोकतान्त्रिक शक्ति र जनताको उत्सव भएको बताएकी छन्। नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले यो महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै विश्वास गरेर नेतृत्वमा पुर्याउनुपर्ने बताइन्।
झाँक्रीले महाधिवेशनले युवाहरूलाई नेतृत्वतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भनिन्, ‘यो महाधिवेशनले बहुसंख्यक युवाहरुलाई पार्टीमा नेतृत्वतर्फ ल्याउने पहल विधिबाट हुनेछ। वर्तमान नेपाली समाजमा नेतृत्वको हिसाबले आशा र विश्वास दिने नेताको रूपमा नेकपा एमालेको नेतृत्वमा कमरेड केपी शर्मा ओली नै छन्। उहाँलाई एकपटक विश्वास गरौँ।’
उनले नेपाली समाजमा भर्खरै भएका घटनालाई नयाँ ढंगले पार्टीले जनताको विश्वास उठाउँदै अघि बढिरहेको बताइन्। ‘यो महाधिवेशनले सबैमा आशा, उत्साह र जीवनको सम्पूर्ण विश्वासलाई पुनर्जीवित गरेको छ। नेपाली समाजमा भर्खरै भएका घटनालाई नयाँ ढंगले पार्टीले जनताको विश्वास उठाउँदै अघि बढाइरहेको छ। यसै कारण महाधिवेशन राष्ट्रिय महोत्सव हो।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment