नेपाली कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायको निधन

डिसी नेपाल
२८ मंसिर २०८२ १०:५९
88
Shares

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व मन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ।

विराटनगर महानगरपालिका-७ घर भएका उपाध्याय विगत केही समयदेखि क्यान्सर रोगको उपचार गराउँदै थिए। सोही क्रममा उनको गए राति ९२ वर्षको उमेरमा निधन भएको हो।

उनी २०५६ सालमा शिक्षामन्त्री बनेका थिए। पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्यायले मोरङबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै सांसदको रूपमा सेवा गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *