ईश्वर पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डेको नाम तय
काठमाडौं। नेकपा एमालेको ११ औं महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ।
त्यसका लागि अध्यक्षका दाबेदार रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव पदको टुंगो लगाएका छन्। पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र पाण्डेको नाम तय भएको छ। यसैगरी उपाध्यक्षमा गोकर्ण विस्ट र उपमहासचिवमा योगेश भट्टराईलाई अगाडि बढाउने तय भएको छ।
यसैगरी सचिवमामा भने कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र रचना खड्काको नाममा छलफल भएको छ।
निर्वाचन कार्यतालिका अनुसार, अहिले बिहान १०ः३० बजेबाट उम्मेदवारी दर्ता खुल्ने छ ।
एमालेको ११औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज (सोमबार) बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, दाबीविरोध हुनेछ भने ११ बजेपछि उम्मेदवारी दर्ता सुरु हुनेछ ।
एमालेले नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन्। एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब पाँच प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment