श्वेत भैरवको मुखबाट निस्केको प्रसाद खान महिलाहरुको भीड (फोटोफिचर)

डिसी नेपाल
३० भदौ २०७६ ९:०१

काठमाडौँ। गत मंगलबारबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा जारी छ।

८ दिने लामो जात्राको छैठौँ दिन आइतबार साँझ वसन्तपुरस्थित श्वेत भैरवको मन्दिरमा विशेष दृश्य देखियो। आइतबार साँझ श्वेत भैरवको मन्दिर परिसरमा महिलाहरुको विशेष घुँइचो थियो।

उनीहरुले श्वेत भैरवको मुखबाट आएको जाँडलाई प्रसादको रुपमा पिए।

करिब ७ वर्ष अगाडि सम्म पुरुषहरुको मात्र सहभागि हुने यस पर्वमा अहिले आएर समावेशीका लागि महिलाहरुलाई पनि सहभागि हुने व्यवस्था मिलाइएको हो। प्रत्येक वर्ष इन्द्रजात्राको छैठौं दिन श्वेत भैरबबाट आउने प्रसाद जाँड पिउन महिलाहरुका लागि छुट्याइएको हो।

भदौ ३१ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा गराइने संस्थानले जनाएको छ। त्यसै दिन राति करीब ८ः०० बजे जीवित देवी कुमारीसँग राष्ट्रपति भण्डारीले टीका प्रसाद ग्रहण गर्नेछिन्।

टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले खड्ग साट्ने परम्परा छ। आगामी असोज १ गते बिहान ५ः३५ बजे लिङ्गो ढाल्ने (इन्द्रध्वज पातन) साइत दिइएको समितिले जनाएको छ।

लिङ्गो ढालेपछि वसन्तपुरबाट तानेर टेकुदोभान लगी वाग्मतीमा सेलाइनेछ। यसरी असोज १ गते तीन हप्ता लामो इन्द्रजात्रा समाप्त हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *