कतारमा श्रमिक ठगेर साहु फरार

सुरेश भट्ट आश्रिन
८ पुष २०८२ १०:३८
84
Shares

दोहा। कतारको गोल्ड सुकमा रहेको गोल्डेन स्टोन ज्वैलरी नामक सुनचाँदी पसल खोलेर बसेका दुई नेपाली ब्यबसायीले झन्डै ५०/५५ जना नेपाली श्रमिकहरुको पाँच लाख भन्दाबढी कतारी रियाल ठगेर फरार भएका छन्।

श्रमिक ठगेर फरार रहेका रौतहट जिङ्ग्रवा-९ का मो. मोजाज आलम हुन् भने मोहम्मद रैनलाई कतार प्रहरीले खोजीरहेको र तत्कालको लागि एअरपोर्ट बल्क भएको बुझिएको छ। मोजाज र मोहम्मदले विगत सात वर्षदेखी व्यावसायिक साझेदारी गर्दै आएका थिए।

पीडितहरुका अनुसार सुनका गहना बनाइदिन पैसा तिरेर पनि तत्काल गहना बनाउन समय लाग्ने अन्य ग्राहकको पनि अग्रिम भुक्तानी सहितको अडर रहेको भन्दै आलटाल गर्दै आइरहेको गुनासो पीडितहरुले गरेका छन्।

पसल बन्द भएपछि आफुहरु ठागिएको थाहा पाएपछि पीडितहरु गोविन्द खड्का केस दर्ता नम्बर -17414 महेश दाहाल केस दर्ता नम्बर -17391 सुरेन्द्र खड्का केस दर्ता नम्बर-17341 ज्ञानेन्द्र रेग्मी केस दर्ता नम्बर -17354 पेमा वाङ्मो लामा केस दर्ता नम्बर – 17271 र पेमा लामा केस दर्ता नम्बर – 17262 ले कतार स्थित प्रहरी निकायमा उजुरी हालेका छन्।

गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष कृष्ण पन्थीका अनुसार पीडितहरुको दैनिक पचास /सय फोन आउन थालेपछि संघले नेपाली दूतावास र कतारको ठगी तथा अपराध शाखामा समन्वय गर्दै तत्काल ठागी धन्धा गर्नेहरुको खोजीमा सहजीकरण गर्दै आएको जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.