क्यालिफोर्नियाका लिम्बुहरुले चासोक मनाउँदै नेता छाने

डिसी नेपाल
८ पुष २०८२ १३:५५
124
Shares

क्यालिफोर्निया। विश्वकै नामी शहर सानफ्रान्सिस्को नजीक अमेरिकाको क्यालिफोर्नियाको पिनोलमा याक्थुम्बा लिम्बुहरु भेला भइ आफ्नो मौलिक पर्ब चासोक तंङ्नाम मनाउँदै नेता छानेका छन्।

याक्थुंङ लिम्बु समुदयले मनाउने चार मुख्य चाँडपर्बहरु मध्ये चासोक तंङ्नाम एक मानिन्छ। चासोकको अर्थ न्वागी र तंङ्नामको अर्थ पुजा वा उत्सब भन्ने हुन्छ। परापूर्ब कालमा प्राकृतिक पुजक पूर्बजहरुले सिजनको पहिलो अन्नबाली आफ्नो प्रकृतिदेबी कुल देवतालाइ चढाएर मात्रै खाने गर्थे यसो गर्नाले घर परिवार समुदायमा सुब्बे फाब्बे हुने जन बिश्वास थियो। पहिले घर घरमा मनाइने चासोक तंङ्नाम पर्ब समयको अन्तरल पछि अहिले आएर सामुहिक रुपमा देश विदेशमा मनाइँदै आएको पाइन्छ।

डिसेम्बर २०, २०२५ का दिन सात समुद्र पारिको त्यो बिरानो ठाउँमा उल्लेख्य मात्रामा उपस्थित भएर याक्थुङ लिम्बु समुदायले उनीहरुको प्राचिन सभ्यता संग जोडिएको राष्ट्रिय पर्ब चासोक तंङ्नाम हाक्पारे पालम ख्याली गाँउदै, धान नाँच्दै, च्याभ्रुंङ् बजाउदै धुमधाम संग मनाएको जानकारी प्राप्त भएको छ।

Screenshot

किराँत याक्थुंङ चुम्लुङ् क्यालिफोर्नियाले आयोजन गरेको उक्त अधिबेसन सहितको चासोक तंङ्नाम भेलाले कमान लिम्बुको अध्यक्षतामा १७ सदसिय नया कार्य समिति समेत चयन गरेका जनाइएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अथिति तुम्याहांङ् हर्ष साँवा, मन्तब्य सरु साँवा, सुर्य कार्की, पुष्प हाङ् सम्बाहाम्फे, टंक फोम्बो, तेज लिम्बु, संचालन तथा संगठनिक प्रतिबेदन प्रतिभा सुब्बा, बजेट प्रस्तुति कृष्टि सुब्बा, शुभकामना मन्तब्य तथा बिधान संसोधन रोशन सुब्बा, संस्थाको भाबी कार्ययोजना तुम्याहांङ सुरेन्द्र फोम्बो, साथै वर्तमान कार्य समितिको उपलब्धी तथा सभापतित्व अतित सुब्बाले गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *