प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौँबाट उम्मेदवार सिफारिस

डिसी नेपाल
९ पुष २०८२ १४:३३
148
Shares

काठमाडौं। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ जिल्ला समितिले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। पार्टीको केन्द्रीय परिपत्रअनुसार बसेको जिल्ला समितिको बैठकले काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो।

जिल्ला समितिको निर्णयअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं. ८/९ बाट पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुमन सायमीलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ। त्यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ बाट पार्टीका केन्द्रीय प्रवक्ता रविन्द्र कुमार श्रेष्ठको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको छ।

पार्टीका अनुसार सिफारिस गरिएका दुवै नेताहरू संगठन विस्तार र जनआन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व हुन्। केन्द्रीय वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका सायमी स्थानीय मुद्दा र जनसरोकारका विषयमा प्रखर व्यक्तिका रूपमा चिनिन्छन्।

केन्द्रीय प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठ राजनीतिक गतिविधि र वैचारिक बहसमा सक्रिय हुनुहुन्छ।पार्टीको नीति, सिद्धान्त र जनभावनालाई कदर गर्दै उनीहरूलाई योग्य उम्मेदवारका रूपमा अघि सारिएको जिल्ला समितिले जनाएको छ।

काठमाडौँ जिल्ला समितिले सिफारिस गरिएका नामहरूमाथि आवश्यक निर्णय लिन र चुनावी प्रक्रियालाई अगाडि बढाउन पार्टीको केन्द्रीय कार्यालयलाई आग्रह गरेको छ। केन्द्रीय समितिबाट अनुमोदन भएपछि उम्मेदवारीले औपचारिकता पाउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *