गजल

नवराज ओझा
१२ पुष २०८२ ७:२९
8
Shares

जलस्रोतको धनी तर स्वच्छ पिउने पानी छैन यो देशमा
अपार छन् प्राकृतिक सम्पदा तर खानी छैन यो देशमा

जन्मिए बन्दनीय बुद्ध, संसारलाई ज्ञान दिने बिभूति बने
अनुशासनमा बस्ने र कानुन मान्ने बानी छैन यो देशमा

एकताको सुत्रमा बाँधी ममता प्रदान गर्ने अभिवावकत्व,
भो दरबार हत्याकाण्ड प्यारा राजा-रानी छैन यो देशमा

भ्रष्टहरू सम्मानित हुने कठै ! कस्तो महामूल्यांकन भयो
भो दरिद्रको अखाडा आज रत्तिको दानी छैन यो देशमा

सत्यको पक्षमा बोल्ने दण्डनीय भए, थुनिँदैछन् खोरमा
अपराधी, दुराचारी र बलात्कारीलाई हानी छैन यो देशमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.