अमेरिकाको मेरिल्याण्डस्थित वेल्सभिलमा ‘द्यौसी–भैलो कार्यक्रम’ हुने

डिसी नेपाल
३० भदौ २०७६ १२:११

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको मेरिल्याण्डमा अवस्थित नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी)ले द्यौसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।

आगामी अक्टोबार १९, २०, २६, २७, तथा नोभेम्बर २, ३ र ९ तारिखका दिन डिसी, मेरिल्याण्ड तथा भर्जिनिया क्षेत्रहरुमा द्यौसी–भैलो कार्यक्रम हुने भएको हो ।

मेरिल्याडको वेल्सभिलमा नेपालीहरुले अमेरिकामा स्थापना गरेको पहिलो मन्दिर, ‘पशुपति–बुद्ध मन्दिर’ को तर्फबाट सन् २०१४ देखि द्यौसी–भैलो कार्यक्रम हुँदै आएको छ।

तालिकामा कार्यक्रमबारे पूरा जानकारी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *