दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
११ पुष २०८२ ११:४२
1.1k
Shares

चितवन। मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका-१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन्।

जिला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान रत्ननगर नगरपालिका–९ टिकौली जङ्गल नजिक दुर्घटना भएको हो। दुर्घटना हुँदा मोटरसाइकल चालक तृशल महतो र मोटरसाइकलमा सवार १९ वर्षीय अंकित महतो घाइते भएका थिए।

घाइते तृशलको उपचारका क्रममा सेन्ट्रल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइते अंकितको सोही अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.