जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु

डिसी नेपाल
१२ पुष २०८२ ८:३६
4.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु गरेको छ । संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलगायत २८ बुँदे माग र राष्ट्रिय मुद्दा उठाउँदै आएको जसपा नेपालले प्रदेश–प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको हो।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार प्रदेशस्तरीय विरोध सभाअन्तर्गत आज कोशी प्रदेशको विराटनगरमा पहिलो विरोध सभा आयोजना गरिएको छ।

कार्यक्रम तालिका अनुसार पुस १४ गते मधेस प्रदेशको जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभा आयोजना गरिनेछ। विरोध सभालाई पार्टी अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ।

यसअघि जसपा नेपालले सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम र पार्टीका प्रदेश समितिहरूको अधिवेशन सम्पन्न गरिसकेको बस्नेतले जानकारी दिए।
सङ्घर्षका कार्यक्रमअन्तर्गत पार्टीले संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर–बजारमा विरोध प्रदर्शन, कोण सभा, जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा जिल्लास्तरीय विरोध सभा र जनसभा गर्दै आएको छ।

ती कार्यक्रमहरूमा पार्टीका माग र मुद्दा उल्लेखित प्लेकार्ड तथा ब्यानर प्रयोग गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *