कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहने भएको छ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको हो।
आजको बैठकमा मुख्य गरी निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची तयार पार्ने विषयमा छलफल हुनेछ।
निर्वाचन आयोगले आज र भोलिभित्र बन्द सूची पेस गर्नुपर्ने समय सीमा तोकेकाले कांग्रेसले आफ्नो सूचीलाई अन्तिम रूप दिन आजको बैठक आयोजना गरेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment