कविता : प्रेमको तौल

ठाकुर बेलवासे
१३ पुष २०८२ १२:४६
32
Shares

तिमी माथिको मेरो माया नाप्ने
मैले कुनै तराजु भेट्न सक्दिन
विज्ञानले पृथ्वीको तौल नाप्न सक्ला
तिमीलाई मैले गर्ने प्रेमको तौल नाप्न सक्दैन

रगत बनेर नसामा बगेकी
श्वास बनेर मुटुमा धड्किएकी
तिमी
सर्लक्कै म भित्र पसेर पानीमा पानी मिसिएजस्तो
म तिमीमा बिलाएको छु

प्रिया
मेरो मायाको तौल र अवधि
सोध्नु अगाडि
मेरो अनुहार हेर्नु
अनि हेर्नु आकाश !


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *