रोटरी क्लबको ‘भाग्य बोक्ने झोला’ परियोजनाबाट पर्वतमा १०० विद्यार्थी लाभान्वित

डिसी नेपाल
१९ पुष २०८२ ७:४७
96
Shares

पर्वत। रोटरी क्लबद्वारा सञ्चालित ‘भाग्य बोक्ने झोला’ परियोजना अन्तर्गत पर्वत जिल्लाका १०० जना विद्यार्थी लाभान्वित भएका छन्। श्री माटेडेवाल जनसहयोगी माध्यमिक विद्यालयमा सम्पन्न उक्त परियोजनामार्फत विद्यार्थीहरूलाई विद्यालय झोला, स्टेशनरी सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको हो।

शैक्षिक पहुँच र विद्यार्थीको निरन्तरता प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस परियोजनाको नेतृत्व रोटरी क्लब अफ काठमाडौंले गरेको थियो। कार्यक्रममा रोटरी क्लब अफ बालाजु, गोंगबु, हेटौडा, काठमाडौं सर्कल, काठमाडौं हाइट, काठमाडौं मेट्रो, मातृभूमि बालुवाटार, पाटन, राजधानी तथा तिनकुने काठमाडौंको सहकार्य रहेको थियो।

कार्यक्रममा फलेवास नगरपालिका–४, मुडिकुवा, पर्वतका वडा अध्यक्ष श्री अच्युत तिवारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै विभिन्न रोटरी क्लबका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष राजेन्द्र गौतम, रोटरी क्लब अफ बालाजुकी अध्यक्ष शोभा कुमारी पौडेल, रोटरी क्लब अफ गोंगबुका अध्यक्ष राजाराम फुँयाल, रोटरी क्लब अफ काठमाडौं सर्कलका अध्यक्ष निलहरि कोइराला तथा रोटरी क्लब अफ काठमाडौं हाइटका अध्यक्ष अरुण शर्माका साथै स्थानीय प्रतिनिधी एव‌ं विद्यालयका शिक्षकहरुको समेत उपस्थिति रहेका थियो।

स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस पहलले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.