कविता : पिएचडी डिग्री
कता लगि टाँगु
पिएचडी डिग्री यो
आफ्नै नेताले गर्दा
जिन्दगानी बिग्रियो
देश बनाउने आफ्नै
नेताको भाषण थियो
होला तानी भनि
ठूला सपना देखियो
टुप्पी कसी मेहनत गरि
खुबसँग पढियो
अहिले सपना जति सबै
हुरीले उडायो
कता लगि टाँगु
पिएचडी डिग्री यो
आफ्नै नेताले गर्दा
जिन्दगानी बिग्रियो
नेताको पछि पछि
आन्दोलनमा हिँडियो
बिकाशको रूपरेखा
तयार पारी भिडियो
अहिले न योजना
न कलकारखाना भेटियो
केही गर्छु भन्ने बेला
जीवन नै अडियो
कता लगि टाँगु
पिएचडी डिग्री यो
आफ्नै नेताले गर्दा
जिन्दगानी बिग्रियो
स्कलरसीप पाएकोले
विदेश गइ पढियो
आफ्नै देशको मायाले
देशतिर लागियो
आफ्नै नेता पनि
नचिनिने भइयो
केही काम नबन्ने भो
व्यर्थ भेट्न गइयो
कता लगि टाँगु
पिएचडी डिग्री यो
आफ्नै नेताले गर्दा
जिन्दगानी बिग्रियो
लस एन्जेलस
No ads found for this position
प्रतिक्रिया


Facebook Comment