आरजु राणा देउवा दिल्ली प्रस्थान

डिसी नेपाल
२१ पुष २०८२ १५:२०
628
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। नेपाल एयरलायन्सको विमानबाट उनी सोमबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।

आइतबारमात्रै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्ली पुगेका थिए। प्रचण्ड दिल्लीमै रहेका बेला कांग्रेस नेतृ आरजु त्यसतर्फ प्रस्थान गरेकी हुन्।

त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल पनि सोमबार दिल्ली प्रस्थान गरेका छन्। फागुन २१ प्रतिनिधिसभा निर्वाचन मिति नजिकिँदै गर्दा उच्च तहका नेता दिल्ली जानुलाई अर्थपूर्ण रूपले हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *