लघुकथा : राष्ट्रिय सभा
राष्ट्रिय सभाका लागि उम्मेदवार छनोटको कुरा थियो। उम्मेदवारका रूपमा जजसको नाम अगाडि सारिएको थियो, त्यसबाट ‘राष्ट्रिय सभा विज्ञ समूहको अभ्यासको थलो बन्नु पर्छ’ भन्ठान्ने मान्छेहरू उत्साहित थिएनन्।
तैपनि ऐनमौकामा आफ्ना दृष्टिकोणहरू राख्न चुकियो भने लोकतन्त्रमाथि न्याय हुँदैन भन्ने उनीहरूको मान्यता थियो।
“हामी राष्ट्रिय सभामा हाम्रो पार्टीको स्थिति दह्रो बनाउन चाहन्छौं। हामीलाई राष्ट्रिय सभामा आनाकानी नगरीकन हामीले भनेको मान्ने सदस्य चाहिन्छ। हाम्रा निर्देशनहरू खुरुखुरू मान्नु हाम्रा सदस्यहरूको योग्यता हो, विज्ञता हो। कुरा बुझ्नु भो?”
“राष्ट्रिय सभामा विविध विषयक्षेत्रका विज्ञ समूहको अभ्यास थलो हुनुपर्ने होइन र?”
“जन्मिदै कसैले सिकेर आएको हुँदैन। सिकाएपछि सबैले जान्दछन्। हामीले सिकाउनु पर्छ।”
सिकाउने मुख्य व्यक्तिको योग्यताका बारेमा सबै जानकार थिए। विज्ञ समूहको पक्षधर भनेर चिनिएका जो थिए; ती सबै सभाकक्षबाट घोसेमुन्टो लगाएर बाहिर निस्किए।
No ads found for this position


Facebook Comment