गजल
लाखमा तिमी खास हौ मेरो
आत्मामा तिमी बास हौ मेरो
जीवनको लामो गोरेटोमा
पलपल फेर्ने सास हौ मेरो
दोबाटो बिराई टक्क रोकिँदा
गन्तव्य कोर्ने आश हौ मेरो
तिम्रै भरोसामा बाँचेको छु म
शुभ बिहानीको मधुमास हौ मेरो
हिमालमा हिँउ पग्लेको बेला
डाँडामा फुलेको गुराँस हौ मेरो !
No ads found for this position
प्रतिक्रिया


Facebook Comment