मन्थलीमा कृषि तथा लघुउद्यम प्रदर्शनी मेला, नगरभरका अगुवा किसान भए भेला
रामेछाप । कृषि तथा पशुजन्य उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले मन्थली नगरपालिकाले मन्थलीमा दुईदिने कृषि तथा लघुउद्यम मेलाको आयोजना गरेको छ।
वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले उद्घाटन गरेको मेला दुई दिनसम्म चल्नेछ। मेलामा मन्थली नगरपालिका भित्रका अगुवा किसान तथा लघुउद्यमीले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादन र लघुउद्यमबाट उत्पादित सामाग्रीहरू प्रदर्शनी र बिक्रीमा राखिएका छ।
नगरपालिकामा उत्पादित बस्तुको प्रवर्धन, किसानहरू बिच अनुभव र सिप आदानप्रदान, उत्पादक र उपभोक्ताबिच सिधा सम्बन्ध स्थापित गर्ने तथा कृषक र व्यवसायी बिचको सम्बन्ध विस्तारको लागि मेला आयोजना गरिएको मन्थली नगरपालिकाको कृषि विकास शाखा प्रमुख यौवन सुनुवारले जानकारी दिए। मेलामा ५४ वटा स्टलहरू राखिएका छन्।
प्रदर्शनीमा लघुउद्यमबाट उत्पादन भएका हाते बुनाइका सामाग्री, बाँस, निगालोका सामान, दुना–टपरी, साबुन, सरफ, दुधजन्य उत्पादन, तरकारी, गेडागुडी, फलफूल, खसी–बोका राखिएका छन्।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जेनजी आन्दोलनका नाममा देशले ठुलो क्षति बेहोरेको बताउँदै यस्ता अपराध गर्ने मानिसलाई चिन्नु पर्ने बताए। उनले अहिलेको केन्द्र सरकारलाई संविधान र प्रदेश सरकाले समेत नचिन्ने बताए। बाँकी फैसला जनताले गर्ने उनले सुनाए।







डिसी नेपाल








Facebook Comment