कविता : म युवा नेता

डिसी नेपाल
२७ पुष २०८२ १२:२७
128
Shares

हजुर! म युवा नेता
पशुपतिको साढे जस्तै
निर्वस्त्र छु।
त्यसैले त निर्लज्ज छु।

लुगा त थरिथरिका
लगाउने प्रयास गरेकै हो।
प्रभुहरूले नै किनिदिएका,
चिनीदिएका।

साँढेले लुगा लगाए पनि
नलाए पनि नाङ्गै हो।
ठिङ्ग पशुपतिनाथ अगाडि।
लगाए पनि
नलगाए पनि।
म नाङ्गो छु।
कट्टु लगाए पनि
छोप्नु पर्ने छोपिँदैन
देख्नु पर्ने देखिँदैन।

पशुपतिनाथले कहिल्यै
नाङ्गो छस् भनिस्या छैन।
नाङ्गो छोपिस्या होइन।
मेरो नाङ्गोपन पचाइस्या मात्र हो।
त्यत्रो मात्तृ, दातृ शक्ति आउँदा पनि
कोही लजाएनन्।
त्यत्रो भलाद्मी आउँदा पनि
अनुहार मुलायम बनाएनन्।

हामी र साढे उस्तै उस्तै हो
लाज छोप्नु पर्‍याे भने
पशुपतिनाथलाई ढोग भन्ने।
गाली आयो भने गुह्येश्वरी पुज्ने।
तिमीहरूले गर्दा लाज लाग्यो भन्ने
तिमीहरूले गर्दा घीन लाग्यो भन्ने।

लाज आफूले नछोप्ने।
लाज लाग्ने कुरा आफूले नदेख्ने।
सधै बूढाहरूको भर पर्ने।
साढे र म युवा नेता
हात्ती र हात्ती छाप
चप्पल जस्तै जस्तै।

साढे र म युवा नेता
बूढालाई गाली गर्ने र
इज्जत जोगाउन आफैं
अगाडि बढ्न नसक्ने

केटाकेटी अगाडि सरे भने
म तिमीहरूकै साथमा छु भन्ने
बूढाबूढी आएभने म तिमीहरूकै हुँ भन्ने।
पशुपतिनाथले लाज छोपी
दिन्छन् कि भनी पशुपतिनाथको
अगाडि ठिङ्ग उभिएजस्तै।
पहेलो नकावमा लुकेर बस्ने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *