गजल : जोसँग पाइन्छ उसकै ख्याल गरिन्छ यहाँ
जोसँग पाइन्छ उसकै ख्याल गरिन्छ यहाँ
सकभर आफ्नै गोजी नै भरिन्छ यहाँ
जोसँग पाइन्छ उसँगै लागिन्छ यहाँ
चाप्लुसी गरेर माग्ने झैं मागिन्छ यहाँ
जोसँग पाइन्छ उसैलाई ढोगिन्छ यहाँ
हेप्ला दु:ख देला ति सबै भोगिन्छ यहाँ
जोसँग पाइन्छ उसँगै हिँडिन्छ यहाँ
ऊ भन्दा धनी भेटे उसलाई छोडिन्छ यहाँ
जोसँग पाइन्छ सधैँ साथ दिइन्छ यहाँ
लौ ऊ मर्ने भयो कहाँ सँगै मरिन्छ यहाँ
( ६ र ८ अक्षरमा विश्राम )
लस एन्जेलस
No ads found for this position
प्रतिक्रिया


Facebook Comment