लघुकथा : दल प्रवेश
“दूध र मासु एकैसाथ नखानोस्। बराबर मात्रामा ध्यू र मह खानु भयो भने तत्काल मृत्यु हुन पनि सक्छ।” हाम्रा परम्परागत खानपानविद्को व्याख्यान कानमा अझै भुनभुन गर्दै थियो, घरमा पुगें।
टेलिभिजन खुलै रहेछ।
सोफामा थचक्क हेर्न थालें-
दल प्रवेशको समाचार र खादा, अविर एवम् अंकमालको दृश्यावली।
सबै हाँसीखुसी।
रमाइलो।
मनमा खानपानविद्का कुरा खेलिरहेकै थिए।
लाग्यो-‘जे जो भेटिन्छ; सबैलाई अन्धाधुन्ध किसिमले स्वीकार गर्दा यी राजनीतिक दलहरूको चै पेट ढाडिँदैन? झुसिला डकार आउँदैन? उल्टी हुँदैन?’
प्रतिक्रिया
















Facebook Comment