गजल

शिव पलाँस
६ माघ २०८२ ७:३३
72
Shares

तिमी पनि जाने गरि आएको हो मित्र

तिमीले बिर्स्यौ र सम्झाएको हो मित्र

खाँदैन मृत्युले कसै सँग घुस खाँदैन

पैसाको ध्वाँस किन लगाएको हो मित्र

बहादुर नै हौ भने वैरी सँग भिड्न जाउ

बुढो बाउलाई के हात उठाएको हो मित्र

तिमी भन्दा अलि टाढा पुग्ने मान्छे हो म

मलाई पापी समयले लडाएको हो मित्र

कालो तिम्रै निधारमा पोतिएको थियो

पलाँसले फगत ऐना देखाएको हो मित्र ।

हाल : अमेरिका


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *