नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर

डिसी नेपाल
१६ मंसिर २०८२ ११:५९

काठमाडाैं। नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धन तथा हवाई सेवामा सहकार्यसम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा निगमका तर्फबाट कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र नेपाल पर्यटन बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हस्ताक्षर गरेका छन्।

निगमको केन्द्रीय कार्यालय,न्युरोडमा आयोजित विशेष समारोहमा दुवै संस्थाका उच्च अधिकारीहरूको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो। यस अवसरमा दुवै पक्षबाट पर्यटन र हवाई सेवालाई राष्ट्रिय विकासको महत्वपूर्ण आधार मान्दै सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *