राप्रपा राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने

डिसी नेपाल
९ माघ २०८२ १२:०९
4.6k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने भएको छ । पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित भएकाले राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘यो निर्वाचनमा हाम्रा उम्मेदवार पनि छैनन् र प्रतिनिधि सभामा हाम्रो सम्पूर्ण ध्यान भएकाले राष्ट्रियसभामा नअल्मलिने निष्कर्षमा पुगेका हौँ ।’

राष्ट्रियसभाका मतदाता प्रदेश सभा र स्थानीय तह प्रमुख उपप्रमुख हुन्छन् । राप्रपाका २८ प्रदेश सांसद छन् भने स्थानीय केही प्रमुख तथा उपप्रमुख पनि रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.