मनाङमा एमाले र राप्रपाको उम्मेदवारी फिर्ता

डिसी नेपाल
९ माघ २०८२ १२:३५
2.4k
Shares

काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका छन् । एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएको मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलले बताएका छन् ।

यहाँ एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवार दर्ता गरेका थिए । यहाँ कांग्रेसबाट यसअघि निर्वाचित टेकबहादुर गुरुङ पुन: उम्मेदवार छन् । एमालेबाट पनि यसअघि यहाँ पोल्देन छोपाङ गुरुङ नै उम्मेदवार थिए ।

यसअघिको प्रतिनिधि सभा निर्वाचनमा यहाँ ३ जना मात्र उम्मेदवार थिए र मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै थिए । कांग्रेसका टेकबहादुर गुरुङले २५७५ र एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ मत ल्याएका थिए । रास्वपाले ५ मत मात्र पाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.