सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

डिसी नेपाल
९ माघ २०८२ १५:५९
124
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेकोमा बैठकले पारित गरेको छ।

यस्तै उपसभापति शर्माले स्पष्ट, विनम्र, बोल्ड ढंगले सभापति गगन थापालाई सभापतिको रुपमा अगाडि सार्ने निर्णय गरेको जानकारी दिए। उनले नेपालमा देखिएका प्रधामन्त्रीको उम्मेदवारमध्ये कांग्रेसले प्रस्तावित गरेको उम्मेदवार अब्बल नम्बरका साथ अघिल्लो पङ्तिमा उभिने दाबी गरे।

‘नेपालमा देखिएका प्रधामन्त्रीको उम्मेदवार भनेर आउने मध्ये कांग्रेसले प्रस्तावित गरेको उम्मेदवार अब्बल नम्बरका साथ अघिल्लो पङ्तिमा उभिने सम्भावना छ,’ उनले भने।

उनले गगनले परिवर्तित समय र स्वरलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्नसक्ने विश्वास समेत व्यक्त गरे। मुलुकको विशिष्ट परिस्थितिको मागलाई सहि ढंगले सम्बोधन गर्ने जमर्कोको रुपमा लिन कांग्रेसले आग्रह गरेको छ। संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने सामथ्र्य गगन थापासँग रहेको पनि उनको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.