रास्वपा कैलाली-५ को संयोजक तोकिए डिल्ली भट्ट

डिसी नेपाल
९ माघ २०८२ १७:५१
1.1k
Shares

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को संयोजकको जिम्मेवारी युवा नेता डिल्लीराज भट्टलाई दिएको छ।

लामो समयदेखि राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय भट्टलाई शुक्रबार एक समारोहबीच संयोजकको जिम्मेवारी दिइएको हो।

जिम्मेवारी हस्तान्तरण समारोहमा प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, जिल्ला सभापति महेश चौधरी, रास्वपाबाट कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार डा. आनन्द चन्द, नेता हरि रेग्मीलगायतको उपस्थिति रहेको थियो।

भट्टले यसअघि सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समिति सदस्य भएरसमेत काम गरिसकेका छन्। उनी सुदूरपश्चिममा सामाजिक अभियन्ताका रुपमा समेत परिचित छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *