मेयर लड्दा भोट नमागेकी बालेनपत्नी सविना झापामा घरदैलोमा (तस्बिर)
झापा। प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै दलहरुले आफूलाई निर्वाचित केन्द्रित बनाएका छन्। यतिबेला दलहरु उम्मेदवारलाई रिझाउने काममा व्यस्त छ।
प्रतिनिधिसभा निर्वाचनमा यतिबेला सबैभन्दा बढी चर्चामा रहेको झापा पाँचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदौलो कार्यक्रम सुरु गरेको छ। यहाँ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीच प्रतिस्पर्धा हुँदैछ। सोही क्षेत्रमा रास्वपाले आजबाट घरदैलो कार्यक्रम सुरु गरेको हो।
झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमक–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा सोमबार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम आयोजना गरिएको हो।
घरदैलो कार्यक्रममा बोलन पत्नी सविना काफ्ले आफैं सहभागी भएकी छन्। यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दा सविना कतैपनि उपस्थित भएकी थिइन्। तर यो पटक भने उनी बालेनलाई जिताउन आफैं फिल्डमा खटिएकी छन्।
कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरेर आफ्नो पक्षमा मत मागेका थिए। रास्वपा चुनाव प्रचार-प्रसार सचिवालयको नेतृत्वमा भएको पहिलो चरणको घरदैलो कार्यक्रम मंगलबार सम्पन्न हुने बताइएको छ।


















डिसी नेपाल








Facebook Comment