हर्क साम्पाङलाई स्पष्टीकरण सोध्ने आयोगको तयारी

डिसी नेपाल
१२ माघ २०८२ १३:५५
748
Shares

काठमाडौं। निर्वाचन आयोग निर्वाचन आचार संहितालाई कडाइका साथ लागू गर्न लागेको छ। आयोगले चुनावमा होमिएका र निर्वाचन आचार संहिता उल्लंघन गरेका विभिन्न दलका नेतालाई स्पष्टीकरण सोध्न लागेको हो।

आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई स्पष्टीकरण सोध्ने भएको छ। निर्वाचनमा बालबालिकाको प्रयोग गरेको विषयमा साम्पाङलाई स्पष्टीकरण सोध्न लागिएको हो। उनीमाथि निर्वाचनमा बालबालिका प्रयोग गरेको उजुरी परेपछि आयोगले स्पष्टिकरण सोध्न लागेको हो।

यसैगरी आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि स्पष्टीकरण सोध्ने भएको छ। कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी दर्ता गर्दा सरकारी गाडी लिएर झापा गएका थिए। सोही विषयमा आयोगले मुख्यमन्त्री कार्कीलाई स्पष्टीकरण सोध्ने भएको हो।

यसअघि आयोगले नेकपा नेता शक्ति बस्नेतलाई स्पष्टीकरण सोधेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.