प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु, समानुपातिकतर्फको सकियो

डिसी नेपाल
१२ माघ २०८२ १९:३३
16
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु भएको छ।

सोमबार मतपत्र छपाइ प्रक्रियाको अनुगमन तथा निरीक्षणपछि कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनगरी निर्वाचनको निष्पक्षता, पारदर्शिता र समयमै सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको बताए।

आजदेखि प्रत्यक्षतर्फका मतपत्रहरू जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा छपाइ हुन थालेको हो। मतपत्र छपाइ कार्यलाई उच्च सुरक्षासहित अगाडि बढाइएको छ भने आयोगका पदाधिकारी तथा प्राविधिक टोलीको निरन्तर निगरानी रहने जनाइएको छ।

यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइकार्य भने सम्पन्न भएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीका अनुसार आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको हो।

यससँगै केन्द्रले आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु गर्ने केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए। केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.