पूर्वमन्त्री बस्नेत मुछिएको ३ अर्बभन्दा धेरैको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी

डिसी नेपाल
१३ माघ २०८२ १२:४७
1.1k
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ । यो मुद्दामा पूर्वममन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचारको आरोप लगाइएको छ ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो मुद्दामा ३ अर्ब २१ करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री बस्नेतसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। यो मुद्दामा परामर्शदाता विदेशी कम्पनी र नेपालीस्थित एजेन्टलाई पनि भ्रष्टाचारमा संलग्न भएको आरोप लगाइएको छ ।

बस्नेत अहिले थुनामुक्त छन् । उनलाई असार १५ मा भएको सुनुवाइमा विशेष अदालतले २५ लाख धरौटीमा छोड्न आदेश दिएपछि उनी छुटेका हुन् । मन्त्री बस्नेतमाथि मन्त्रिपरिषदले मात्र गर्न सक्ने निर्णय आफू एक्लैले गरेर टेरामक्स खरिद गर्न निर्देशन दिएको आरोप छ ।

पूर्वमन्त्री बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणका तत्कालीन सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, परामर्शदाता भ्यानराइज सोलुसन सल र उसको नेपाली एजेन्ट कलेक्सन ट्रेड लिंक प्रालि काठमाडौंलाई पनि अख्तियारले आरोपी बनाएर मुद्दा चलाएको छ ।

अख्तियारको दाबीअनुसार भ्यानराइजका सीईओ जमाल अनौटी,कलेक्सन ट्रेड लिंक प्रालिका अध्यक्ष दिलिपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेलको मिलोमतोमा टेरामक्स खरिदमा भ्रष्टाचार भएको हो । प्रतिवादीहरूविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.